www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा कुरांस संघ गठन

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा नेपाल कुरांस संघ गठन गरिएको छ । आइतबार जिल्ला खेलकुद विकास समिति कास्कीको रोहवरमा कार्यक्रमको आयोजना गर्दै संघ गठ गरिएको हो ।

संघका लागि गणेश क्षेत्रिको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति गठ गरिएको छ । समितिको उपाध्यक्ष पुष्पा थप, सचिव पुकार परियार, कोषध्यक्ष नितेश कार्की छन् भने सदस्यमा सन्जु राना, उज्जवल कार्की र सुनिल क्षेत्री छन् ।

Batas

अध्यक्ष क्षेत्रिले खेलको विकासकालागि कुनै कसर बाँकी नछाड्ने बताए । यस खेलको क्रियाशिलतालाई अझै मजबुद बनाएर अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दीपक गोदरले नव गठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.