www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा धमाधम विद्यालय पुर्ननिर्माण

पोखरा,

ताण्डव न्यूज ।

कास्कीमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगत विद्यालय पुर्ननिर्माणको काम धमाधम अघि बढेको छ ।

Batas

अहिले विद्यालय पुर्ननिर्माणको दोस्रो चरणको कार्यक्रम सुरु हुन लागेको छ । पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणमा ८० वटा विद्यालयमा कार्यक्रम सुरु भएको हो ।

पहिलो चरणमा ३४ वटा विद्यालयमा पुर्ननिर्माणको काम भएको थियो । कास्कीाम १७० वटा विद्यालयमा जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत पुर्ननिर्माणको काम भइरहेको छ ।

दोस्रो चरणको कार्यक्रम लागु हुन लागेका विद्यालयका प्रधानाध्यापकहरु र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई बुधबार अभिमुखिकरण समेत गरिएको छ ।

दोस्रो चरणमा २, ३ र ४ कोठे विद्यालय भवन बन्ने विद्यालय र १५ रुपैयाँ बराबरको शौचालय बन्ने विद्यालयका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रममा बोलाइएको थियो ।

यस वर्ष ५० वटा विद्यालयमा नयाँ शौचालय निर्माण हुँदैछ । नयाँ कार्यक्रम पनि आगामी साउन महिना देखि सुरु हुनेछ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख नवराज शर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा विभिन्न विद्यालयका प्रअ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर प्रभात लामिछानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा केन्द्रिय आयोजना कार्यान्वयन इकाइका नारायण प्रसाद सुबेदीको पनि उपस्थिती थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.