www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा बिप्लवकाे बैठकमा प्रहरीकाे घेराबन्दी, १८ जना पक्राउ

 पोखरा 

ताण्डव न्युज ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बाट प्रहरीले १८ जना विप्लबा नेता कार्यकर्ता पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (अाक्राेस), विद्यार्थी नेता  मिलन राई सहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुसबैलाई शनिबार राती नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

Batas

शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा विप्लब नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने बारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाइसकेको थियो । सोही सूचनाको आधारमा सिबिलका प्रहरीहरुको संख्या बढाएर र मातहतका प्रहरी चौकीमा प्रहरीको संख्या थप गरेर त्यस ठाउँमा प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डर सहिता नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताएपनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उक्त टोली भने अन्नपूर्ण गाउँपालिका नै पुगेन । नेकपाका कार्यकर्तालाई दिउँसो देखि नै घेरा बन्दी गरेको बताउने कास्की प्रहरीले साँझ ६ बजेतिर मात्रै १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘त्यो क्षेत्रमा यिनीहरुको गतिविधि बढेको हामीले यस अघि नै थाहा पाएका थियौँ,’ उनले भने, ‘त्यहि थाहा पाएर लङ गस्ती जिप्रका बाट पठाइएको थियो । त्यहि गस्तीको टोलीले उनीहरुलाई घेराबन्दीमा राख्न सक्यो पक्राउ परे ।’ विप्लबको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेराहालेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.