www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा हेम्जामा चार क्न्टिल गाँजाको बोट नष्ट

पोखरा ।

सामुदायिक सेवा केन्द्र हेमजाले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुपदार्थ न्यूनीकरण गर्ने उद्देश्यले आइतबार यहाँको गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ ।

हेमजाको चाक्लेकुला, ढडालीथर र हनुमानचोकको राजमार्ग वरपरका क्षेत्रमा रहेको करीब चार क्विन्टल गाँजाको बोट नष्ट गरिएको सो सेवा केन्द्रका अध्यक्ष विष्णु बास्तोलाले जानकारी गराए ।

हेमजाको अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ । लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउन र सुरक्षित समाज निर्माण गर्नका लागि यस्ता कार्यबाट सहयोग पुग्ने सामुदायिक सेवा केन्द्रका प्रमुख जयबहादुर कुँवरले बताए ।

त्यस क्षेत्रमा सङ्कलित गाँजाको बोट वडा कार्यालय अगाडिको खाली ठाउँमा आगो लगाई नष्ट गरिएको हो । यस कार्यमा वडा कार्यालय, हेमजा युनाइटेड, रोट्रर्याक क्लब अफ हेमजा, दलित समाज र आमा समूहलगायतले सहयोग गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.