www.tandavnews.com
Fact ~ In search of truth

खुसियालीमा मैत्रीपूर्ण क्रिकेट खेल, कास्की क्रिकेट संघ विजयी

पोखरा ।

नेपालले एक दिवसिय क्रिकेट खेलमा मान्यता पाएसँगै खुसियाली मनाउन पोखरामा क्रिकेट खेल खेलिएको छ ।

नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले सोमबार २०–२० क्रिकेट खेल आयोजना गरेका हुन । सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की र कास्की जिल्ला क्रिकेट संघका बीच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा खुसियाली मनाउन उपस्थित भएकाहरुले लड्डु समेत बाँडेर एक आपसमा बधाई साटा–साट गरेका थिए ।

Batas

पोखरा लेखनाथ महानगरपलिकाका मेयर मानबहादुर जिसीले क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले हामी सबैलाई गौरवान्वित बनाएको बताउँदै उनले यस प्रकारका मैत्रीपूर्ण प्रतियोगिताले समाजमा नयाँ सन्देश जाने र खेल संस्कृती विकास गर्न सहयोग पुग्ने बताए । उनले पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्न पनि क्रिकेट खेलको विकास अपरिहार्य रहेको समेत बताए ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुख सूर्य थपलियाले खेल पर्यटनका माध्यमबाट पनि पोखरा सहरलाई विश्वमा परिचित गराउन तथा यस क्षेत्रलाई खेल पर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सहयोग पुग्ने बताए ।

नेपाल पत्रकार महासंघका कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेपाली क्रिकेट टिमले खेलको माध्यमद्वारा विश्वमा देशलाई चिनाउन खेलेको खुशी व्यक्त गरे । कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद बिकास समिती कास्कीका कोषाध्यक्ष दिपक गोदार, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक लगाएतले बोलेका थिए ।

सम्पन्न मैत्रीपूर्ण क्रिकेट खेलमा कास्की जिल्ला क्रिकेट संघ (बोर्ड ११) विजयी भएको छ । २० ओभरको खेलमा बोर्ड ११ ले ५ विकेटको क्षतीमा १२३ रन बनाउँदा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १२ रन मात्र जोडन सक्यो ।

यस अघि टस जितेर फिल्डिङ रोजेको खेल पत्रकार टिमले बोर्ड ११ लाई व्याटिङको निम्तो दिएको थियो । ओपनिङका लागि आएका सूर्य थपलिया पहिलो बलमा गोल्डन डक आउट हुँदै पेविलियन फर्केका थिए । लोकेन्द्र ढकालको बलमा सुजन पौडेलले क्याचमा उनी आउट भएका थिए ।

तर बोर्ड ११ का सिर्दाथ श्रेष्ठले ३८ बलमा ४१ रन जोडे पछि बोर्ड ११ ले केही रन जोड्न सफल भएको थियो । बोर्ड ११ का लागि सञ्जय नेपालले २६ दिपेन्द्र चन्दले २३ रन जोडे । खेल पत्रकारको तर्फ बाट बलर लोकेन्द्र ढकालले २, सुजन पौडेलले २ निरज पन्तले एक विकेट लिएका थिए ।

खेल पत्रकारको टिममा सुशान्तगाहा मगरले १८ बलमा ३३ रन जोड्दै खेललाई सनसनीपूर्ण बनाएका थिए । यस बाहेक बिनोद लामिछानेले ३७, सुदिप गुरुङले १४ रन बाहेक अन्यले खासै राम्रो पर्दशन गर्न सकेनन् ।

बोर्ड ११ का लागि बिनित श्रेष्ठले कसिलो बलिङ गर्दै ४ विकेट सञ्जयकान्त सिग्देल ३ र सञ्जय नेपालले २ विकेट लिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.