www.tandavnews.com
Fact ~ In search of truth

कास्की क्षेत्र नं.३ कि महासमिति सदस्य गुरुङको निधन प्रति कांग्रेसद्धारा दुःख व्यक्त

पोखरा।

नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३ कि महासमिति सदस्य हरिमाया गुरुङको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तव्ध भएको जनाएका छन् ।

‘अत्यन्त सरल, इमान्दार राजनितिमा निरन्तर क्रियाशिल गुरुङको निधनले पार्टीलाई अपूरणिय क्षती भएको छ’ शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस दुःखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

पूर्व प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङकी धर्मपत्नी रहेकी हरिमाया राजनितिसंग विभिन्न संघ संस्थाको नेतृत्व सम्हाल्दै सामाजिक क्षेत्रमा काम गर्दै आएकी थिईन् ।

माछापुच्छ«े गाउँपालिका वडा नं. ८ निवासी हरिमाया गुरुङको कात्तिक २३ गते वेलुका ६८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय गुरुङका श्रीमान, एक छोरा र एक छोरी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.