www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरी प्रमुख कार्कीलाई मगर सँघको स्वागत, रानालाई बिदाई

सुशान्त गाहा मगर,
ताण्डव न्यूज।

कास्कीको कमाण्ड समाल्न पोखरा आएका प्रहरी उपरिक्षक दान बहादुर कार्कीलाई नेपाल मगर सँघ कास्कीले स्वागत र प्रहरी उपरिक्षक ओम रानालाई बिदाई गरेको छ ।

एक कार्यक्रमका बिच आज (आईतबार) प्रहरी उपरिक्षक द्वय कार्की र रानालाई सँघका अध्यक्ष पुर्ण बहादुर रानाले खादा, अबिर, फुल तथा मालाले स्वागत तथा बिदाई गरेको हो ।सो अवसरमा बोल्दै प्रहरी उपरिक्षक कार्कीले महसुस बेग्लै भएको बताउदै आफ्नो सम्मानका लागि मगर सँघलाई धन्यवाद ब्यक्त गरे ।

Batas

उनले आफ्नो कमाण्ड समाल्न पोखरा आएको उल्लेख गर्दै सुरक्षा, अमन चैन कायम गर्नमा आम नागरिकको सहयोग पाउने आशा प्रकट गरे । उनले आफ्नो जिम्मेवारी शत प्रतिशत पुरा गर्ने बिश्वास ब्यक्त गर्दै कार्कीले पर्यटकिय क्षेत्रमा आयामिक कार्य गर्ने बताए । कार्कीले आफु ५ नम्बर प्रदेशको भएको बताउदै गण्डकी प्रदेशको सिमा गुल्मीकै बासिन्दा भएकोले यस प्रदेशबासी सँग परस्पर सम्बन्ध रहेको बताए । उनले भने, ‘म गुल्मीको भएपनि बाग्लुङको सिमा नजिकैको भएकाले यहाँको नागरिकसँग भावनात्मक नाता रहेको छ ।’

त्यस्तै प्रहरी उपरिक्षक रानाले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने आम नागरिकप्रति आभार प्रकट गरे । आफुले कास्की जिल्लाको शान्ति सुरक्षा तथा अमनचैन कायम गर्न सफल रहनुको पछाडी पर्यटन ब्यवसायी, सामाजिक ब्यक्तित्व तथा आम नागरिक नै रहेको स्मरण गर्दै धन्यवाद ब्यक्त गरे ।

उनले ५ लाख जनसँख्या रहेको कास्कीमा एक बर्षका कार्यकालमा ३ दर्जन भन्दा बढि किसिममा मुद्धा दर्ता भएको जानकारी समेत दिएका थिए । उनले पोखरेली समुदायका माझ काम गर्न सहज रहेको समेत स्मरण गरेका थिए । प्रहरी उपरिक्षक राना हाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार कार्यालयमा सरुवा भएका छन् भने कास्की प्रहरी प्रमुख कार्की प्रहरी प्रधान कार्यलाय महानिरिक्षकको सचिवालयमा रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.