www.tandavnews.com
Fact ~ In search of truth

कास्की भदौरे डाँडामा बस दुर्घटना, १० घाईते(घाईतेको नामसहित)

पोखरा ।

कास्की अन्नपुर्ण गाउँपालिका–४ भदौरे डाँडामा बस दुर्घटनामा पर्दा १० जना घाईते भएका छन् ।

पोखराबाट सल्यान तर्फ जादैँ गरेको बसलाई विपरित दिशाबाट आउँदै गरेको ग १ ख ३७७६ नम्बरको बसर्ले साइड दिई ब्रेक लगाउने क्रममा सडकबाट बायाँ साईडमा पल्टिदा बस दुर्घटनामा परेको हो ।

Batas

बसमा सवार २२ जना मध्ये १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।घाईतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । 

घाईते हुनेमा पोखरा महानगरपालिका–७ रत्नचोकका ३८ वर्षीय खुसिमान गुरुङ,सोहि स्थान मासबारका ६३ वर्षीय रत्न बहादुर गुरुङ, सिर्जनाचोक बस्ने ५८ वर्षीया आईत कुमारी गुरुङ, नागढुङ्गा बस्ने २१ वर्षीया आहाना गुरुङ, घारिपाटन बस्ने ४३ वर्षीया नाम्चा गुरुङ, लेखनाथ बस्ने ४८ वर्षीया विष्णु गुरुङ, डेभिज फल्स बस्ने ५२ वर्षीया देउ कुमारी गुरुङ रहेकी छिन् ।

त्यस्तै कास्की अन्नपुर्ण गाउँपालिका–१ काफलबोट बस्ने ७५ वर्षीया आश कुमारी गुरुङ, पर्वत कुस्मा नगरपालिका–१४ आर्थरकी ४० वर्षीया पबित्रा गुरुङ र पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ५७ वर्षीय मैते प्रसाद गुरुङ घाईते भएका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.