www.tandavnews.com
Fact ~ In search of truth

यातायात कार्यालय पोखराका प्रमुखले जाँड खाएर गाडी चलाएपछि दुर्घटना

पोखरा
ताण्डव न्यूज ।

यातायात कार्यालय पोखराका प्रमुख तेजनारायण यादवले मापसे गरेर सवारी चलाएपछि दुर्घटना भएको छ । विदाको दिन प्रमुख यादवले जाँड खाएर चलाएको सरकारी सवारीले मोटरसाइकल चालकलाई ठक्कर दिएपछि घटना बाहिर आएको हो ।

छोरेपाटन चौकी नजिकै प्रमुखको गाडीले मोटरसाइकलाइ ठक्कर दिएको थियो ।

Batas

यादवले विदाको दिन सरकारी सवारीको दुरुपयोग गर्दै जाँडले मात्तिएर दुर्घटना निम्त्याएपछि अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रमुख यादवले आफ्नै गल्ती हुँदापनि यातायात प्रमुख हुँ भन्दै बबाल मच्चाएपछि कास्की प्रहरीले हिरासतमा लिन बाध्य भएको हो ।

मापसे गरेरै दुर्घटना भएपछि सावारी र उनलाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.