www.tandavnews.com
Fact ~ In search of truth

कास्की र वाग्लुङमा शव फेला

पोखरा /ताण्डव न्यूज ।

कास्की र वाग्लुङमा एक–एक जनाको शव फेला परेको छ ।

बागलुङको निसिखोला गाँउपालिका २ सिमलचौर बस्ने वर्ष ४० को बालकृष्ण सापकोटा मृत भेटिएका हुन । आफ्नै घर भन्द करिब ५०० मिटर पर रहेको कलनेटी भिरमा मृत अबस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । यसबारे अनुसन्धान जारिरहेको बताइएको छ ।

Batas

कास्कीमा पनि बिहिबार ( हिजो )१५ गते नै एकको शव फेला परेको छ । पोखरा महानरपालिका २० भलाम स्थित झोलुङगे पुल तल कालीखोलाको छेउमा एक पुरुषको शव भेटिएको हो ।

अनुसन्धान पछि पोखरा महानरपालिका १६ दिप बस्ने वर्ष २२ को अमृत बास्तोला ग १० प ८५४३ न को स्कुटि सहित मिति गत १४ गते देखी हराएको र उनैको शव हुन सक्न्ने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.