www.tandavnews.com
Fact ~ In search of truth

कास्की समाज स्पेनद्वारा दृष्टिविहिनलाई कम्प्युटर

 

 

पोखरा ।

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल शाखाको संयोजनमा कास्की समाज स्पेनद्वारा दृष्टिविहिन विद्यार्थीलाई ब्रेल लिपिको कम्प्यटर हस्तान्तर गरिएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नं. १० स्थित कुँडहर आधारभूत विद्यालय दृष्टिविहिन शाखाका विद्यार्थीलाई ब्रेललिपिको कम्प्युटर, शैक्षिक सामाग्री, खाजा, न्यानो कपडा र नगद रकमसहितको सहयोग उपलब्ध गराइएको थियो ।

कास्की समाज स्पेनका सल्लाहकार जीवनजङ राणा र सदस्य शान्ता राणाले स्वदेशमा आएको बेला भविष्यका कर्णधारहरूले सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले सानो प्रयासमात्रै गरेको जानकारी दिए । आगामी दिनमा आवश्यकता अनुसार सहयोग जुटाउने प्रतिवद्धता पनि व्यक्त गरे । राणा दम्पत्तीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र प्रधानाध्यापक निलकण्ठ पाठकलाई सामाग्री प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष राजकुमार गुरुङले सरकारी विद्यालयका विद्यार्थीका लागि विदेशमा रहने नेपाली मनले उपलब्ध गराएको सहयोगका प्रति प्रशंसा गरे । हामीले माग्ने मात्रै संस्कार होइन दिने संस्कृतिको पनि सुरुवात गर्नुपर्छ भन्ने धारणा राखे । सरकारी विद्यालय राजनीतिको मैदान जस्तो भएका बेला आफ्नो वडामा रहेको विद्यालयलाई राजनीति मुक्त राखेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङले निम्न आर्थिक अवस्था भएका नागरिकका छोराछोरी पढ्ने अझ् त्यसमा पनि दृष्टिविहिन विद्यार्थीलाई बे्रललिपि सहितको प्रविधि उपलब्ध गराइदिनुले विद्यार्थीको सिकाइमा सहयोग पुग्छ भन्दै धन्यवाद ज्ञापन गरिन ।

वि.सं. २०३० सालमा स्थापना भएको कुँडहर आधारभूत विद्यालयले प्राथमिक तहमा २०५१ देखि दृष्टिविहिन शाखा सञ्चालन गरेर आवासीय शिक्षा दिँदै आएको छ । विद्यालयमा १ सय १९ जना विद्यार्थी र १० जना शिक्षकहरू छन् ।

विश्वभरि छरिएका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमानको मान्यतामा स्थापित कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरका संयोजक निरज थापाको सभापतित्वमा सञ्चालित कार्यक्रममा लायन्स क्लव अफ पोखरा समृद्धिकी अध्यक्ष कुश्मा राणाले स्वागत मन्तव्य राख्दै उद्धेश्यमाथि प्रकाश पारेकी थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.