www.tandavnews.com
Fact ~ In search of truth

कास्की २ मा उपनिर्बाचन :   कांग्रेसले उमेद्वारमा आकांक्षी १६ जनाको नाम केन्द्र पठायो

नेकपा भित्र रस्साकस्सी चल्दै

 पोखरा

ताण्डव न्यूज
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनीधिसभाको लागि चुनाब हुने एक मात्र क्षेत्र हो कास्की २ । तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिरकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ प्रतिनिधी सभा सदस्य विहिन छ । तत्कालीन एमालेबाट उमेद्वार बनेर ह्याट्रिक गरेका अधिकारीको निधन पछि अहिलेको नेकपालाई पनि चुनाब जित्न त्यत्ति सजिलो भने छैन । रबिन्द्रको कार्यशैली र उनको आनीबानीकै कारणले पनि उनले चुनाबमा पटक पटक बाजी मारेका थिए । पछिल्लो पटक उनले कांग्रेसका उमेद्वार देवराज चालिसेलाई ८ हजार मतान्तरले पछि पार्दै बाजी मारेका थिए । चालिसे र अधिकारी चुनाब भिड्दा अधिकारीले ८ हजार ५ सय ४६ मत बढि ल्याएर ह्याट्रिक गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

सोही क्षेत्रमा अहिले नेकपा र कांग्रेसमा टिकट कस्ले फुत्काउने भन्ने रणनीति चलिरहेको छ । नेकपामा भन्दा बढि कांग्रेसमा अहिले टिकट फुत्काउने रस्साकस्सी चलेको छ । कांग्रेसमा रबिन्द्रका निकटतम प्रतिद्धन्दी समेत रहेका देवराज यो पाँच वर्षको लागि आफु नै उमेद्वार हुनुपर्ने भन्दै आएका छन् । सर्वसम्मतीले उमेद्वार तोक्न नसकेकोपछि कांंग्रेसले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले बताए । ‘क्षेत्रले सर्वसम्मत टुंग्याउन नसकेपछि जिल्लामा १६ जनाको नाम आयो,’ उनले भने, ‘जिल्लामा पनि सहमति जुटेन सबै आकांक्षीको नाम केन्द्रमा पठाएका छौँ । अब केन्द्रले कस्लाई तोक्छ ।’ मंगलबार बसेको बैठकले सर्बसम्मती जुटाउन नसकेपछि सबैको नाम केन्द्रमा पठाइएको हो । १६ जनाकै नाम केन्द्रमा पठाए पनि सबै भन्दा बलियो नाम देवराजकै रहेको कांग्रेस स्रोतले बताउँछ । कांग्रेसका आकांक्षीहरुले प्रत्येकले १० हजार रुपैयाँ क्षेत्रिय समितिलाई बुझाएर निबेदन बुझाएर उमेद्वारको दाबी गरेका हुन ।
यि हुन कांग्रेसका १६ जना आकांक्षीहरु
देवराज चालिसे (रबिन्द्रका प्रत्यासी उमेद्वार), क्षेत्रीय सभापति माधव बास्तोला, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, पुराना नेताहरु खेमराज पौडेल, महादेव गुरुङ, सोभियत बहादुर अधिकारी, महासमिति सदस्य ऋषि काफ्ले रहेका छन् । त्यस्तै विजय आचार्य, गुरु बराल, कृष्ण कार्की, केशव निर्दोषी, वीरेन्द्रनारायण विजुक्छे, केदारप्रसाद तिवारी, पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, खेमकुमारी बराल, रंगिला आचार्यको नाम उम्मेद्वारका लागि सिफारिस भएको कास्की कांग्रेसले जनाएको छ । १६ जनाको नाम सिफारिस भएपनि देवराज चालिसेकै पक्षमा धेरै क्षेत्रिय सदस्यहरु र जिल्लाका नेताहरु रहेकोले उनले टिकट पाउने पक्का जस्तै भएको कांग्रेस स्रोतले जानकारी दियो । कास्की २ मा ७२ हजार २ सय मतदाता छन् ।
नेकपामा पनि उस्तै रस्साकस्सी
कांग्रेसले १६ जनाको नाम सिफारिस गरेपनि स्वर्गिय रबिन्द्र अधिकारीको पार्टीले भने अझै उमेद्वारको नाम सिफारिस गर्न सकेको छैन । नेकपाका भित्र पनि आकांक्षीहरुको जन्ती नै छ । नेकपाले आगामी कात्तिक १० गतेसम्ममा अन्तिम नामावली सिफारिस गर्ने कसरतमा लागेको जिल्ला अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
यि हुन नेकपाका आकांक्षी
नेकपाबाट आकांक्षीहरुमा स्वर्गिय अधिकारीकी श्रीमती विद्या भट्टराई लगायतका छन् । त्यस्तै अर्का बलिया दाबेदारको रुपमा नेकपाका पुराना नेता सोमनाथ अधिकारी प्यासी पनि हुन । अर्का पुरान नेता तुलबहादुर गुरुङ, रबिन्द्रका सहपाठी समेत रहेका धनराज आचार्य, जिल्ला इन्चार्ज राजकाजी गुरुङ करण, सहइन्चार्जहरु श्रीनाथ बराल र भीम कार्की, विद्यार्थी राजनीतिबाट आएका विद्यार्थी नेता रश्मि आचार्य नेकपाका उमेद्वारका आकांक्षी हुन ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.