www.tandavnews.com
Fact ~ In search of truth

किजा पूजाका लागि बिदा दिन प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा .अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आज प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।

भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषदबाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिएको जानकारी दिए । प्रदेश सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्दा चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने र त्यो सम्भव नहुने जनाए ।

नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् । पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.