www.tandavnews.com
Fact ~ In search of truth

किन रोकियो भद्रगोल ?

काठमाडौं।

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् ।

एकदुमेुको भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ।

नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सीबीचमा नयाँ सम्झौता गर्नुपर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँदछौं । नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । भद्रगोल परिवार । गौतमले फेसबूकमा लेखेका छन् ।

पछिल्लो दुई श्रृंखलामा मुन्नीुको भूमिकामा देखिएकी प्रियना आचार्यलाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.