www.tandavnews.com
Fact ~ In search of truth

कुश्मामा एघारौँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव

 

 

पोखरा ,
ताण्डव न्यूज ।

पर्वतको पहिलो सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले एघारौँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना गर्ने भएको छ ।

Batas

रेडियोको नवौँ वार्षिकोत्सवको अवसरमा रेडियोले आयोजना गरेको महोत्सव यहि माघ २५ देखि फाल्गुण ५ गते सम्म कुश्मा बजारमा सञ्चालन हुनेछ । महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आईडल प्रतियोगिता हुने भएको छ ।

त्यस्तै रत्यौली प्रतियोगिता ,भजन प्र्रतियोगिता ,उत्कृष्ट र्याली तथा झाँकी प्रर्दशन प्रतियोगिता ,पर्वतका सातवटै पालिकामा निशुल्क स्वास्थ्य शिविर ,विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकाको साँगीतिक प्रस्तुति,हाँस्यव्याङ्ग प्रस्तुति,जनचेतनामुलक कार्यक्रम प्रस्तुति र जेष्ठनागरिक, अनाथ बालबालिका ,एकलमहिला ,अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
पशु प्रदर्शनी ,कृषिप्रर्दशनी ,वाल उद्यान र रमाइलो मेला महोत्सवका मुख्य आकर्षणमा रहनेछन् ।

महिला भलिबल प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । द्धितीय तर्फ १ लाख,तृतीय तर्फ ५० हजार रुपैयाँ नगद पुरस्कार रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन् ।

डान्स आईडल प्रतियोगितातर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ,द्धितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतिय पुरस्कार २० हजार पुरस्कार राशी रहेको उनले बताइन् । खुल्ला दौड प्रतियोगितातर्फ प्रथम पुरस्कार २५ हजार रुपैयाँ,द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार रहेको छ ।

र्याली तथा झाँकी प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद प्राप्त गर्नेछन् । द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १२ हजार रुपैयाँ पाउने छन् ।रत्यौली प्रतियोगिता तर्फ प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार रहेको छ ।

भजन प्रतियोगितामा प्रथम हुनेले १५ हजार ,द्धितीय हुनेले १० हजार र तृतीय हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.