www.tandavnews.com
Fact ~ In search of truth

कृष्णबहादुर महरा सभामुखमा निर्विरोध

काठमाडौँ (रासस)

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ ।

सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।

Batas

नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उहाँले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्नुभएको थियोे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो ।

सचिवालयले भोलि फागुन २६ गतेका लागि सभामुखको निर्वाचन र निर्वाचनका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियोे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.