www.tandavnews.com
Fact ~ In search of truth

केभसिटीको आयोनामा मिडिया कप भलिबल

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा केभसिटी मिडिया प्रालिले स्थापनाको पहिलो बर्षमा मिडिया कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

विश्व मुटु दिवसको अवसर पारेर असोज १२ र १३ गते पुरानो टुँडिखेल बगरमा प्रतियोगिता आयोजना हुने जनाइएको छ । आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो पटक मिडिया तथा सञ्चारकर्मीहरु बीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।

Batas

‘प्रतियोगिता नितान्त र उपलब्धिमुलक हुनेछ,’ आचार्यले भने, ‘प्रतियोगिताले मिडियाकर्मी बीचमा सद्भाव तथा राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने छ ।’

प्रतियोगिताले मिडियाको माध्यमबाट समाजलाई सकारात्मक तरिकाले अगाडी लैजान मद्दत पुग्ने वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले बताए ।

विकास र समृद्धिका लागि सद्भाव अभिवृद्धि गर्ने साथै सामाजिक गतिविधिहरुलाई अगाडी बढाउने उद्देश्यले गरिएको प्रतियोगितामा विभिन्न अस्पतालहरुको सहकार्यमा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ, साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

बेष्ट प्लेयर तर्फ ३ हजार ३ सय ३३ रुपैयाँ, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट सर्भर, तर्र्फ १ हजार १ सय ११ रुपैयाँ, अनुशासित टिम तर्फ २ हजार २ सय २२ रुपैयाँ साथमा मेडल प्रमाण पत्रको व्यवस्था रहेको छ ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क १ हजार रुपैयाँ रहेको छ भने यहि असोज १० गते साँझ ५ बजे सम्म टिम दर्ता गर्न मिल्ने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.