www.tandavnews.com
Fact ~ In search of truth

कैलाश विकास बैंकको ७७ औँ शाखा सैनामैनामा

 

पोखरा ।

कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा आफ्नो ७७ औँ शाखा विस्तार गरेको छ । शाखाको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरेका थिए ।

यस नयाँ शाखा सहित बैंकका ७९ शाखा संचालनमा छन् भने एटिएम संख्या ३२ पुगेका छन् । बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाँउहरुमा २० भन्दा बढी शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी .२ अर्व ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल सम्म .२४ अर्व ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी .२२ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, भिसा डेबिट काडर्, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.