www.tandavnews.com
Fact ~ In search of truth

कोइरालाको निधनप्रति सभापति देउवाको दुःख

 

 

काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काँग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।

Batas

लमजुङका पुराना व्यक्तित्व ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं २०१७ पछि काँग्रेस जिल्ला कार्यसमिति, लमजुङको संस्थापक सभापति थिए।

विसं २०३६ मा जननायक बिपी कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागि तारा कोइराला गम्भीर घाइते भएका थिए । उक्त गोली काण्डबाट उनको एउटा खुट्टा काट्नु परेको थियो ।

स्व .कोइरालाले नेपाल विद्यार्थी सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपालमा लोकतन्त्र बहालीको सङ्घर्षका क्रममा कोइरालाले करीब दुई वर्ष जेल जीवन समेत व्यतितगरेका थिए। सभापति देउवाले स्व .कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएका सक्रिय योगदान नेपाली काँग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहने बताएका छन् ।

“उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ, पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उनको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.