www.tandavnews.com
Fact ~ In search of truth

कौडा गीत सोल्टिनी सार्वजनिक

पोखरा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १२ चन्द्रकोटमा छायाङ्कन गरिएको कौडा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  रोशन कुमार गुरुङ र यम प्रसाद गुरुङले सोल्टिनी नामक कौडा गीत तथा म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

पोखरा स्थित स्ट्रिम नेपालको युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । विशेषगरी लमजुङ र तनहुँका गुरुङ समुदायमा कौडा नाच प्रचलित रहेको छ । म्युजिक भिडियोमा मिलेनियम ट्रेकमा अवस्थित चन्द्रकोट गाउँको दृश्य उतारिएको छ । यो म्युजिक भिडियोले चन्द्रकोटको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गायक रोशन कुमार गुरुङले बताए ।

Batas

गुरुङ समुदायको परम्परागत पोशाक, भेषभुषा एवं संस्कृति म्युजिक भिडियोमा देखाइएको निर्देशक राजबहादुर गुरुङले जानकारी दिए ।  मगर समुदायमा यस्तो नाचलाई कौरा नाच भनिन्छ । मगर समुदायमा निकै प्रख्यात रहेको यो नाच केही ठाउँका गुरुङ जातिले मात्र नाच्ने गरेको पाइन्छ ।

म्युजिक भिडियोमा लाहुरे गाउँ फर्किएको खुशीयालीमा गाउँका युवा– युवतीदेखि वृद्धसम्मले गाउँदै नाच्दै गरेको दृश्य उतारिएको छ ।  सुपर युनिक फिल्म्सको व्यानरमा बनेको म्युजिक भिडियोमा जुम बहादुर गुरुङ र पुजा गुरुङको अभिनय रहेको छ ।

यस कौडा गीतको रचना क्रोम्जा तमुले गरेका हुन् भने संगीत रोशन गुरुङ (रेल)ले भरेका हुन् । गीतमा रोशन कुमार गुरुङ, शर्मिला गुरुङ र सोनु गुरुङ स्वर दिएका छन् ।

म्युजिक भिडियोको छायाङ्कन टेक मान गुरुङले गरेका हुन् भने सम्पादन प्रेम बहादुर गुरुङले गरेका हुन् । पुन डिजिटल, पोखरामा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडियो निर्देशन राजबहादुर गुरुङ र प्रेमबहादुर गुरुङले गरेका हुन् ।

म्युजिक भिडियो बनाउन स्याङ्जाको चन्द्रकोट स्थित चन्द्रज्योती आमा समुह, बाबा समुह, र चन्द्रज्योती युवा क्लबले विशेष सहयोग गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.