www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सर पीडित सुजनलाई सहयोग

कास्की ।

विगत तीन वर्षदेखि क्यान्सरसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ ।

बेलायत र कोरियामा सङ्कलन भएको छ लाख ९५ हजार रुपैँया पुन समाज नेपालका पदाधिकारीले पीडित सुजनलाई हस्तान्तरण गरेका हुन् । बेलायतमा तीन लाख ५७ हजार र कोरियामा तीन लाख ३८ हजार रुपैँया सङ्कलन भएको समाजका वरिष्ठ उपाध्यक्ष खिमन पुनले जानकारी दिए ।

Batas

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी स्थायी घर भएका देउबहादुर पुनका छोरा सुजन पोखराको जनप्रिय क्याम्पसमा व्यवस्थापन सङ्कायमा तेस्रो वर्षमा अध्यनरत छन् ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.