www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सर पीडित हरि गिरीलाई प्रवासीको ९३ हजार सहयोग

बागलुङ ।

घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ । समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले हिजो (बिहीबार )संयुक्तरूपमा गिरीकी श्रीमती जुनालाई ९३ हजार ४०० प्रदान गरेका हुन् ।

चार महीनाअघि कतार पुगेका गिरीलाई दुई महीनापछि क्यान्सर देखिएको थियो । गिरीको अहिले कतारमै उपचार भइरहेको छ । घर धान्न विदेश जानुभएका गिरी उतै बिरामी परेपछि परिवार बिचल्लीमा छ । परिवारको पालनपोषण र बालबच्चाको पढाइमा सहयोग पुगोस् भनेर राहत प्रदान गरिएको समाजका सहकोषाध्यक्ष केसीले बताए । समाजका केन्द्रीय सदस्य महेन्द्र चालिसेको अगुवाइमा कतारमा रहेका पर्वतेलीबाट राहत रकम जुटाइएको थियो ।

Batas

सो अवसरमा वडाध्यक्ष पाध्यले वडाको तर्फबाट १० हजार गिरी परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “समस्यामा परेको परिवारलाई राहत उपलब्ध गराएर समाजले प्रशंसनीय काम गरेको छ”, उनले भने ।

नेपालीका हरेक दुःखसुखमा साथ दिन समाज क्रियाशील रहेको समाजका संस्थापक एवं पूर्वअध्यक्ष प्रताप गिरीले बताए । समाजले विपत् र समस्यामा परेका व्यक्ति र तिनका परिवारलाई सहयोग गर्दै आएको छ । क्यान्सरपीडित गिरीको उपचार खर्च भने कम्पनीले नै व्यहोर्दै आएको समाजका सदस्य सन्तोष क्षेत्रीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.