www.tandavnews.com
Fact ~ In search of truth

क्रस–कन्ट्री दौडमा एपीएफको टोली च्याम्पियन

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगितामा एपीएफको टोली च्याम्पियन बनेको छ ।

पोखरा उद्योग वाणिज्य सघँ, पश्चिमाञ्चल होटल संघ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा बुधबार सम्पन्न उक्त प्रतियोगिताबाट २६ टोलीलाई पछि पार्दै विभागिय टोली एपीएफ च्याम्पियन बनेको हो ।

Batas

च्याम्पियन बनेको सन्तोष बिक्रम बिष्ट, गणेश झाँक्री र ईन्द्रकलाको संयुक्त टोलीले निर्धारित दुरी ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पुरा गरेको थियो । त्यस्तै दोस्रो बनेको गुरिल्ला टिम (दामोदर बुढा मगर, दुर्गाराज बुढा र रसिला तामाङ) ले ४ घण्टा १८ मिनेटमा दुरी पार गरे भने तेस्रो चिनिया टिम बन्यो ।

चिनिया टिम (चेङ, प्याङ र लेईयुजुन) ले ४ घण्टा २४ मिनेटमा दुरी पार गरेको थियो भने सान्त्वना स्थान अन्नपूर्ण टिमले हासिल गर्याे । अन्नपूर्ण (जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठ) ले ४ घण्टा ५६ मिनेटमा ४२ किमिको दुरी पार गरे । उनीहरुले ट्रफी र मेडल प्राप्त गरे भने चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा समेत भाग लिन मौका पाए ।

त्यस्तै चीनका ज्याङ जीले ३ घण्टा ३७ मिनेट २७ सेकेण्डमा निर्धारित ४० किमी पार गर्दै व्यक्तिगत तर्फको उपाधि जिते । सोही देशकै छ्याङथिउफिले ३ घण्टा ५० मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो बने भने झ्याओ गौन ओले ४ घण्टा १ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बनेका थिए । सो दौड प्रतियोगितामा बिभिन्न मुलुकका १०५ धावकको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.