www.tandavnews.com
Fact ~ In search of truth

क्विक्स कप फुटबलः अमर, सिदार्थ र चिल्ड्रेन विजयी,आज ५ खेल

अर्जुन कार्की
ताण्डव न्यूज ।

शनिबारदेखि सुरु भएको क्विस कप अन्तरस्कुल स्तरीय फुटबल प्रतियोगितामा आईतबार अमर आर्दश मावि, सिदार्थ शिक्षा सदन र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले जित हात पारेका छन् ।

आईतबार बिहान भएको छात्र तर्फको पहिलो खेलमा अमर आदर्श आवासिय माविले युएस एकेडेमीलाई १–० गोलअन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अमर आदर्शको लागि एक मात्र गोल आरोज सुनारले पहिलो हाफको २८ औं मिनेटमा पेनाल्टीबाट गरेका थिए ।

Batas

युएस एकेडेमीका खेलाडीले डिबक्स भित्र फलगरेपछि अमर आदर्शले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सुनारले टिमलाई विजयी गराए ।यस्तै आईतबार नै भएको दोस्रो खेलमा साविक विजेता सिदार्थ शिक्षा सदनले जित हात पारेको छ । सिदार्थले न्यू ओयसिस एकेडेमीलाई ३–० गोलअन्तले पराजित गर्यो । रिवन थापा मगरको हेडिङ गोलबाट अग्रता लिएको सिदार्थको लागि खेलको ३१ औं मिनेट र ३५ औं मिनेटमा प्रकाश पुनले गोल गर्दै जित पक्का गरेका थिए ।

यस्तै आजै भएको तेस्रो खेलमा साविकको उपविजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले उत्कृष्ट जित हात पारेको छ । स्ट्राईकर अजय पुनको चार गोलको मद्धतमा चिल्ड्रेन लाईफले धौलागिरी आवासिय माध्यमिक विद्यालयलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

खेलको ८ औं मिनेटमा पहिलो गोल गरेका चिल्ड्रेन लाईफका अजय पुनले १२ औं मिनेट र १८ औं मिनेटमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । खेलको २२ औं मिनेट पुनले आफ्नो नाममा चौथो गोल लेखाएका थिए । चिल्ड्रेन जितको लागि प्रनिश सुवेदीले १६ औं मिनेट र सलोन श्रीसले ३६ औं मिनेटमा गोल गरेका थिए ।

आज (आईतबार) नै हुने भनिएको अमृत आदर्श बोर्डिङ विरुद्ध गणेश मावि बलेवाको खेल बर्षातले आजको लागि सरेको छ । प्रतियोगिता अन्तरगत आज (सोमबार) पाँच खेल हुनेभएका छन् ।

सोमबारको पहिलो खेल धौलागिरी विरेन्द्र मावि विरुद्ध न्यू एभरेष्ट एकेडेमी, दोस्रो खेल अमृत आदर्श बोर्डिङ विरुद्ध गणेश मावि बलेवा, तेस्रो खेल त्रिभुवन मावि बलेवा विरुद्ध आदर्श विद्यामन्दिर मावि, चौथो खेल रेश नुन्थला मावि विरुद्ध अमर मावि विहुँ र पाँचौ खेल गरिमा आवासिय मावि विरुद्ध रुद्रेपिपल मावि विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत भएको प्रतियोगितामा छात्र तर्फ २५ विद्यालयले सहभागिता जनाएका छन् । छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै चार ओटा विद्यालयले सहभागिता जनाएको छात्रा तर्फको खेलमा सिदार्थ शिक्षा सदन र न्यू एभरेष्ट एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल ३२ गते हुने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ । छात्रा तर्फको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.