www.tandavnews.com
Fact ~ In search of truth

क्विक्स कप फुटबलमा आज सेमिफाइनलका खेल

अर्जुन कार्की,
ताण्डव न्यूज ।

क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बिहीबार भएको क्वाटरफाइनल खेलमा अमर आदर्श बोर्डिङ्ग, रुद्रेपिपल माध्यमिक विद्यालय र चिल्ड्रेन लाईफ बोर्डिङले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Batas

यस्तै जेठ २० र २१ गते गल्कोट नगरपालिकाको रिघामा भएको इलाका छनौटमा विजेता बन्दै रत्नलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा अमर आदर्श बोर्डिङले अमृत आदर्श बोर्डिङलाई ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट २–२ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

खेलको ३ औं मिनेटमै अमृत आदर्शका संजिव मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछाडि परेको अमर आदर्शको लागि दोस्रो हाफको २ औं मिनेटमा पुस्पन थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अमृत आदर्शको लागि दोस्रो हाफको १४ औं मिनेटमा पहिलो गोल गरेका संजिव मगरले गोल गर्दै टिमलाई अग्रता दोस्रो पटक अग्रता दिलाएपनि ४ मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेट प्रशान्त शर्माले गोल गर्दै खेललाई टाइब्रेकरमा धकेलेका थिए ।

दोस्रो हाफको ८ औं र २७ औं मिनेटमा अमृतका सुजल प्रधानले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड खादै मैदान बाहिरिएपछि अमृत १० खेलाडीमा समेटिएको थियो ।

यस्तै दोस्रो हाफको १२ औं मिनेटमा अमर आदर्शका खेलाडी अफसाइट नभएको र रेफ्रिले अफसाईड देखाएको भन्दै प्रशिक्षक प्रमेश थापा मगर मैदान भित्र प्रवेश गरेपछि खेल सम्पन्न पछि उनलाई रातो कार्ड दिइएको थियो ।

टाइब्रेकरमा अमरका आरोज सुनार, विवेक थापा, प्रशान्त शर्मा, आयुस केसी र युमन थापा मगरले गोल गरे । यस्तै अमृतका संजिव मगर, आनन्द शाह र दिपेश पुनले गोल गरेका थिएभने सफल केसीको प्रहार अमरका गोलकिपर शेरचन थापाले बचाएका थिए ।

यस्तै बिहीबार नै भएको दोस्रो खेलमा रुद्रेपिपल माध्यमिक विद्यालयले सिदार्थ शिक्षा सदनलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा रुद्रेपिपलका सचिन शर्मा, रोहन बोसेल र डिस्ट्रीट बोसेलले गोल गरेका थिएभने सिदार्थको लागि रविन थापा र प्रकाश पुनले गोल गरेका थिए ।

यस्तै बिहीबारको अन्तिम खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले रेश नुन्थला माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

सुरुवातदेखि आक्रमक खेलेको चिल्ड्रेनले खेलको ३ मिनेटमै विकास खरेलको गोलबाट अग्रता लिएको थियो । चिल्ड्रेनको लागि पहिलो हाफको १२ औं मिनेटमा पवन पुन र २० औं मिनेटमा निस्चल महतले गोल गर्दै ३–० गो अग्रता दिलाएका थिए ।

यस्तै खेलको ४६ औं मिनेटमा चिल्ड्रेन लाईफका कप्तान अविशेक श्रीपालीले गोल गर्दै टिमको जित पक्का गरेका थिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल खेल अमर आदर्श बोर्डिङ र रत्नलक्ष्मी माध्यमिक विद्यालय विच हुनेछ भने दोस्रो सेमिफाइनल खेल रुद्रेपिपल माध्यमिक विद्यालय र चिल्ड्रेन लाईफ बोर्डिङका विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.