www.tandavnews.com
Fact ~ In search of truth

खाद्य संस्थानको ५०० क्विन्टल चामल पोखरा शाखामा मौज्दात

पोखरा ।

गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखरा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ ।

यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी गराए ।

Batas

उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । सोना मन्सुली चामल कारागारमा र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ ।

मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए । ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.