www.tandavnews.com
Fact ~ In search of truth

खारेज भएको स्वास्थ्य कार्यालय स्थापना

पर्वत ।

गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गरे ।

पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १२ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्यचौकीसहित जिल्लाभरका सबै स्वास्थ्यचौकी, स्वास्थ्य कार्यक्रम कार्यालयले सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको कामसमेत गर्ने बताइएको छ ।

प्रमुख मनोहर विश्वकर्मा पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गरे । उनले सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महँगोमा उपचार गर्न बाध्य भएको बताउँदै समुदायको विश्वास जित्दै स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउन जरुरी छ भने । रासस

सांकेतिक तस्बिर :गुगलबाट

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.