www.tandavnews.com
Fact ~ In search of truth

खेलकुद विकासको लागी लेकसाईड युथ क्लबद्धारा वडाध्यक्षको ध्यानाकर्षण

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

लेकसाईड युथ क्लबले पोखरा महानगरपालिका वडा नं ६ लाई खेलकुद बिकासको लागि ध्यानाकर्षण गरेको छ । हिजो (बिहिबार) क्लबका अध्यक्ष भुवन लामिछाने, युवा समाजसेवी अनिल थापा तथा क्लबका पदाधिकारीद्वारा संयुक्त रुपमा वडा अध्यक्ष जगत पहारीलाई निबेदन दिदै ध्यानाकर्षण गरेको हो ।

सो अबसरमा बोल्दै क्लबका अध्यक्ष लामिछानेले वडा नं ६ मा खेलकुदको गतिबिधी सुस्ताएको उल्लेख गरे । उनले खेल पर्यटनको बिषयलाई स्थानिय सरकारले अघि सारेतापनि आफ्नो वडामा युवा लक्षित खेलकुदको कार्यक्रम नभएको गुनासो गरे ।

Batas

“स्थानिय सरकारले एक वडा एक खेल मैदानको अवधारणा ल्याएपनि वडा नं ६ मा कुनै पनि खेल मैदान छैन, उनले भने –“अहिले भएको बाराही मैदान पनि नेपाल ट्रस्टको मातहतमा रहेछ, यसको प्रयोगका लागि अनेकौं प्रकृया पु¥याउनुपर्ने यो अत्यन्तै झन्झटिलो छ त्यसैले वडाकै खेल मैदानको लागि पहल गरिदिुनुप¥यो ।”

उनले गत बर्ष खेलकुदको लागि कुनै पनि योजना नल्याएको बताउदै आर्थिक बर्ष २०७६÷०७७ का लागि बिशेष रुपमा युवा र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राख्न समेत आग्रह गरे ।

त्यस्तै वडा अध्यक्ष जगत पहारीले युवाहरुकै साथ र सहयोगकै आधारमा वडा सरकार अघि बढ्ने बताए । क्लबले गरेका मागहरुलाई आगामी आर्थिक बर्षमा समेट्ने प्रतिबद्धता जनाउदै बिगत देखी नै क्लबलाई सहयोग गर्दै आएको बताए । पहारीले यथाशिघ्र खेलकुदका सामान खरिद गर्न केही रकम लेकसाईड क्लबलाई छुट्टाउने बचन दिए ।

पहारीले वडा नं ६ मा खेल मैदानको नाममा बाराही मैदान रहेको उल्लेख गर्दै भने– “नेपाल ट्रस्टको मातहतमा रहेको बाराही मैदानको सहज प्रयोगका लागि महानगरलाई निबेदन पेश गरिसकेका छौं, यसलाई स्थानिय सरकारको मातहतमा ल्याउनुपर्छ भन्ने हाम्रो पनि भनाई हो, जस्ले खेलकुदको बिकास र नया खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्न सक्छ ।”

उनले लेकसाईड क्षेत्र पर्यटकिय केन्द्र भएतापनि खेल पर्यटनको लागि आवश्यक पुर्वाधार प्रर्याप्त नभएको भन्दै समाधानका निम्ति वडा सरकार नितिगत रुपमै लाग्ने समेत बताएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.