www.tandavnews.com
Fact ~ In search of truth

खेलमार्फत योगदान पुर्याउने खेलाडीलाई गोल्डस्टारले ११ लाख दिने

काठमाडौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पुर्याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो ।नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आज यहाँ आयोजित कार्यक्रममा किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यस्तै विभिन्न विधामका मनोनयनमा परेका खेलाडी र विजेतालाई गोल्डस्टार उत्पादकले आफ्ना उत्पादन सामग्री सहितको गिफ्ट ह्याम्परसमेत उपलब्ध गराउने छन् ।आगामी असार १७ गते हुने अन्तर्राष्ट्रिय खेलकूद पत्रकार दिवसका अवसरमा प्रदान गरीने १६ औँ संस्करणको उक्त स्पोर्ट्स अवार्डमा यसपटक विभिन्न १० विधालाई समावेश गरिएको छ ।

जसअन्तर्गत पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवावर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर तथा इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले समान एक÷एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.