www.tandavnews.com
Fact ~ In search of truth

खेलाडी तथा प्रशिक्षक संघ बागलुङ गठन

अर्जुन कार्की,
बागलुङ/ताण्डव न्यूज ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार कराँतेका अन्तराष्ट्रिय प्रशिक्षक राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ ।

जिल्लामा पहिलो पटक गठन गरिएको समितिको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा चयन भएका छन् ।यस्तै सदस्यहरुमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप पन्त र सुमित घर्ति मगर रहेका छन् । समितिले नेपाल खेलाडी तथा प्रशिक्षक संघको विधानमा टेकेर काम गर्ने जनाएको छ ।

जिल्ला गठनको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलले खेलकुदको विकासको लागि खेलाडी र प्रशिक्षक एक भएर लाग्नुपर्ने बताए ।उनले खेलकुदले देशलाई विश्व सामु चिनाउने र आफ्नो जिल्लालाई समेत विश्वमा चिनाउन सहयोग पुग्ने भएकाले सवै खेलाडी र प्रशिक्षकले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउनुपर्ने बताए ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङ जिल्ला तदर्थ समितिका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राजन कुमार पाइजाले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.