www.tandavnews.com
Fact ~ In search of truth

खेलाडी संघद्धारा शुभकामना आदान प्रदान

पाेखरा
ताण्डव न्यूज ।

विजयादशमी तथा दिपावलीको शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, कास्की जिल्ला साइकल संघ, मुआ थाई संघ कास्की लागयतका संघको स‌युक्त आयोजनामा आज विहान कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा मुआइ थाई संघ कास्की र कास्की जिल्ला साईक्लिङ्ग संघले रंगशालाको लागि आवश्यक पर्ने ६ वटा डस्टबिन प्रदान गरेको छ ।

Batas

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सुमन देवकोटा, पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायण शर्मा, कास्की जिल्ला साईक्लिङ्ग संघका शंकर भण्डारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.