www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका अर्थमन्त्री भन्छन : बजेटमा वर्षभरीमा खर्च गर्न सक्ने रकम मात्रै विनियोजन गरेका छौँ

पोखरा
ताण्डव न्युज ।
आइतबार गण्डकी सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३२ अर्ब, १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । बजेटबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । बजेटबारे स्वयम अर्थमन्त्री पनि त्यति सन्तुष्ट देखिएनन् । सोमबार नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले बजेट हतारमा ल्याएकोले आउनुपर्ने जस्तो नआएको प्रतिक्रिया दिए । ‘बजेट जस्तो बत्तव्य आउनुपथ्र्यो त्यस्तो आउन सकेको छैन,’ उनले भने, ‘ मन्त्रालयगत ढंगले, विषय ढंगले जसरी बजेट विनियोजन हुनुपथ्र्यो । त्यसमा कुन विषयलाई कति रकम आवश्यक पर्छ । कसरी ब्यवस्थापन गर्ने त्यसमा हामीले राम्रोसँग छलफल गर्नै भ्याएनौँ ।’

उनले घुमारो किसीमले केन्द्र सरकारलाई दोष दिँदै प्राविधिक कठिनाइ भएकाले आउनुपर्ने जस्तो बजेट नआएको पनि बताए । उनले भने, ‘केहि प्राविधिक कठिनाइहरु भए । जुन हाम्रो नियन्त्रणमा छैनन र हुँदैनन । एउटा सफ्टवेर हुन्छ त्यसबाट काम गर्यो पठायो उता संघ सरकारबाट यो भएन त्यो भएन भन्छ फोन गरेर मिलायो यस्तै छ ।’ त्यस्तै उनले बजेट हतारमा आएको भन्दै बजेट प्रस्तुत गर्ने दिन १ बजे सम्म बजेट बनाएर नभ्याएको समेत बताए । पुर्वाधार विकासमा सरकार केन्द्रित भएको उनको भनाई छ । त्यस्तै उनले गण्डकीमा गुड्ने तर, बाहिर दर्ता भएका सवारीलाई छुट सहित नविकरण गर्न छुट सहितको ब्यवस्था सरकारले ल्याएको उनले बताए । गण्डकी भित्र धेरै गुड्ने बागमती, नारायणी लगायतका सवारीहरु गण्डकीमै नविकरण गर्न २५ प्रतिशत छुट हुनेछ । त्यस्तै नयाँ सवारी खरिद गर्दा पनि राजस्वमा २५ प्रतिशत नै छुट हुनेछ । उनले त्यस्तै कृषिको, उत्पादन देखि प्याकिङ भएर विक्रि हुने वातावरण बनाउने क्षेत्रमा कर लागु हुनेछ । यिनै करले घाटा बजेट परिपूर्ती गर्ने विश्वास अर्थमन्त्री गुरुङको छ ।

त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम संघ सरकारबाट पहिले आउने सांसद विकास कोष जस्तो नभएको उनले प्रष्ट्याए । गण्डकी सरकारले आइतबारको बजेट भाषणमा हरेक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत सांसदहरुलाई दुई÷दुई करोड रुपैयाँ वितरण गर्ने उल्लेख गरेको थियो । ‘पहिलेको जस्तो जिल्ला विकास समितिमा एउटा चिर्कटोमा लेखेर दिने, चिर्कटोमो जजस्को नाम लेखिएको उ जाने गइसकेपछि पैसा लिएर आउने । आएपछि एउटा ताकेता हुन्थ्यो त्यसको विलभरपाई गर्न,’ उनले भने, ‘नक्कली सक्कली केके हुन्छ त्यो बनाएर बुझाएपछि त्यो सकियो । कार्यविधि नै थिएन । अहिलेको निर्वाचन क्षेत्र विकास कार्यक्रम हो । यसको लागि कार्यविधि बन्छ । कार्यविधि बनिसकेपछि सांसदहरुलाई दिइने कोष हैन । सांसदहरुलाई दिने, पहिलेकै जस्तो गरेर बाँड्ने भन्ने हल्ला पनि छ । त्यस्तो हैन । प्रदेशले ठुल्ठुला योजना हेर्ने त्यहाँका साना आयोजना यो बजेटबाट कार्यान्वयन गर्ने भन्ने हो ।’

Batas

जुन ठाउँमा जति खर्च गर्न सकिन्छ त्यति मात्रै बजेट विनियोजन भएको उनको दाबी छ । अघिल्लो वर्षहरुमा एउटै शिर्षकमा बजेट धेरै विनियोजन गर्ने र पछि खर्च गर्न नसक्ने समस्यालाई समाधान गर्ने भन्दै यस वर्ष जतिसुकै ठुला आयोजनाहरुका लागि पनि यो वर्ष खर्चन सक्ने बजेट मात्र विनियोजन भएको मन्त्री गुरुङको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.