www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्री भन्छन् : ब्यवस्थित गरेर इन्जाेय जाेन चलाउने पक्षमा छाैँ

ताण्डव न्युज । 

आइतबार बसेको गण्डकी प्रदेशको संसद बैठक नेपाली कांग्रेसको अबरोध पछि स्थगित भयो र सोमबार १ बजे सम्मका लागि स¥यो । सोमबार १ बजे संसद बैठक बस्यो । पुन नेपाली कांग्रेसका सांसदहरु उठेर संसद अबरुद्ध गरे । आइतबार आफ्नो जिम्बेवारीबाट चिप्लीएका सभामुख सोमबार भने सचेत बने । उनले संसद अबरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीलाई आग्रह गरे । नेपालीले इन्जोय जोन देखि आस्थाकै आधारमा कर्मचारीको ब्यापक हेरफेर गरेको बारे सरकारको जवाफ माग गरे । सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरेपनि प्रतिपक्ष दलका सांसदहरु उठिरहेपछि २० मिनेटको लागि बैठक स्थगित भएको जानकारी गराए ।

२० मिनेटपछि सुरु भएको बैठकमा सभामुखले सुरुमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिपक्ष दलको जवाफ सहित बैठकलाई सम्बोधन गर्न आग्र गरे । यस पटक मुख्यमन्त्रीले जवाफ दिने भएपछि प्रतिपक्ष दलले विरोध जनाएन । सबै भन्दा चर्चामा रहेको इन्जोयजोनबारे मुख्यमन्त्रीले अन्तमा आफ्नो धारणा राखे । संसदमा प्रश्न गर्दाै मुख्यमन्त्री गुरुङले भने, ‘इन्जोय जोनबारे हामी कहाँ छौँ । इन्जोय जोन भन्ने वित्तिकै हामी नकरात्मक एउटा पाटो बाट मात्रै हेर्छाैँ । के फन पार्क इन्जोय जोन हैन, आइटी पार्क इन्जोय जोनको कुरा हैन ? के स्पेशल खालको रेस्टुरेण्ट बनाउने इन्जोय जोन हैन ?’

Batas

उनले यसलाई इन्जोय जोन वा इन्टरटेनमेन्ट जोन जे भनेपनि भन्न आग्रह गरे । बाहिर देशहरुमा यस्तो छुट्टै ब्यवस्था गरिएको हुने बताउँदै उनले गण्डकी सरकार पनि इन्जोय जोन बनाउने पक्षमा रहेको बताए । ‘सबै ठाउँमा त्यो ब्यवस्था गरेको हुँदोरछ । हामी चाहीँ त्यो ब्यवस्था बनाउने पक्षमा छौँ,’ उनले भने, उनले भने, ‘यो वर्ष देखि त्यो गर्नेकी । कुनै एउटा ठाउँ पोखराकै आसपासमा ।’

एकताका रेडलाइट एरिया बनाउने बारे सोच्ने बेला भएको भनाई राखेर चर्चामा रहेका मुख्यमन्त्री गुरुङले यसपटक इन्जोय जोनका लागि पोखराकै पाँचवटा ठाउँ उपयुक्त हुने बताए । ‘हल्लनचोक देखि पामेसम्म, सरांकोट देखि कास्कीकोटसम्म, कुबिन्डे देखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनाससम्मका ठाउँहरु अध्ययन गरी नीजि क्षेत्रको लगानीकर्ताहरुलाई पर्यटन पुर्वाधारहरु बनाउने वातावरण बनाउने,’ उनले भने, ‘यस भित्र एउटै रेस्टुरेण्टमा फरक खानाको स्वाद लिने, लाइब्रेरी, म्यूजीक कल्चल, चिल्डे«नपार्क, जीम हल, जल क्रियाकलाप, एभेन्चर स्पोस्र्ट, मेडिटेसन सेन्टर, मजाज, योगा सेन्टर, फनपार्क, आइटीपार्क, गुफा, पर्यटक सूचना केन्द्र आदी एउटै ठाउँमा पाइने ठाउँ चाहिन्छ भनेका हौँ ।’ उनले इन्जोय जोनलाई उपयुक्त अरु नाम भन्न पनि मिल्ने तर्क गरे । ‘टुरिस्टहरुले इन्जोय गर्ने इन्जोय पार्क भन्न पनि मिल्यो, रिफ्रेस सेन्टर भन्न पनि मिल्यो, पर्यटकिय केन्द्र भन्न पनि मिल्यो । के चाहिँ भन्दाखेरी उपयुक्त हुन्छ नाम त्यै भन्ने हो,’ उनले भने ।

मुख्यमन्त्री गुरुङले इन्जोय जोन भन्ने वित्तिकै यौन ब्यवसाय, गाँजा चरेश खाने अखडा नभएको बुझ्न पनि आग्रह गरे । ‘यहाँ चाहीँ इन्जोय जोन भन्ने वित्तिकै यौन ब्यवसाय फस्टायो, गाँजा चरेस खाने भो भन्ने छ,’ उनले भने, ‘यि त कानुनले बर्जीत छ । कानुनले बर्जीत ग¥या कुरा सरकारले पार्क बनाएर त्यहाँ स्थापना गर्ने प्रयत्न गर्छर ? किमार्थ गर्दैन ।’ उनले कानुनले बर्जीत गरेका कुराहरु त्यहाँ नपाइने उनको भनाई छ । त्यस्तै उनले त्यहाँ जुवातास खेल्न पनि नपाइने बताए । ‘अरु ब्यवसायको कुरा छोड्दीनु गाँजा चरेस खाएर मात्र इन्जोय हुन्छ भन्ने हैन । पर्यटकले चाहेको कुरा एउटा ठाउँमा पाउँछ त्यो इन्जोय जोन हो ।’ गण्डकी सरकारले लगानी सम्मेलन गरी इन्जोय जोनमा पनि लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्ने बताएको छ । यस वर्ष लगानी सम्मेलनको लागि अध्ययन गर्न नौ करोड रुपैँया विनियोजन भएपनि खर्च हुन सकेन ।

मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्ष दलका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले मागेको जवाफ दिने क्रममा प्रतिपक्ष दल सकरात्मक भएको बताउँदै यस्तै सहयोग, आलोचना र टिप्पणीले नै अघि बढ्न सकिने बताए । उनले कर्मचारी सरुवा, कृषि अनुदान नियम अनुसार नै भएको भन्दै सम्बन्धीत मन्त्री र मन्त्रालयको बचाउ गरे ।

उनले कृषिको अनुदान वितरण गर्दा द्धन्द्ध पिडितको नाममा पूर्व वाइसियलले मात्र पैसा पाएको जानकारी आएको भन्दै आगामी वर्ष द्धन्द्ध पिडित र भूकम्प पिडितको शिर्षकमा अन्य शिर्षकको बजेट विनियोजन नहुने पनि बताए । आगामी वर्ष देखि यि शिर्षकमा छुट्टै बजेट बिनीयोजन गरिने बताए । उनले २७३ होमस्टे छनोट भएर अनुदान दिने काम भएको पनि जानकारी गराए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.