www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको शाखा अब रुपन्देहीको मानपकडीमा

पोखरा ।
गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीे शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद श्री तुल्सी प्रसाद चौधरीले सो शाखाको औपचारीक उद्घाटन गरे । आफ्नो समुद्घाटन मन्तव्यमा तुल्सी प्रसाद चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पुर्याउन आग्रह गर्दै

बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको बताए । बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री किसुन चन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए भने बैंकका प्रबन्धक  मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी आविष्कार खनालले गरेका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, C-ASBA,IPS, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघुवित्त कर्जा प्रदान गर्दै आएको छ ।

साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.