www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एक लाख घुस सहित पक्राउ

ताण्डव न्यूज, पाेखरा ः गण्डकी प्रदेशका स्वास्थ्य निर्देशकलाई अख्तियार पोखराको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । आइतबार साँझ पोखरा १० स्थित बुद्धचोकबाट स्वास्थ्य निर्देशक डा.तारानाथ पौडेललाई एक लाख रुपैँया घुस लिइरहेको अबस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
‘लोकसेवा आयोगमा अहेवको परिक्षा दिएका परिक्षार्थीलाई अन्तरवार्तामा नाम निकालिदिने भन्दै एक लाख लिँदै गर्दा पक्राउ गरिएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘उहाँ अहिले अख्तियारकै नियन्त्रणमा हुनुहुन्छ । अब कानुन अनुसार अरु अनुसन्धानको प्रक्रिया अघि बढ्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.