www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशकी सांसद ओमकला गौतमका छोराको स्कुटर दुर्घटनामा मृत्यु

ताण्डव न्यूज,पोखरा ःगण्डकी प्रदेशकी प्रदेश सभा सदस्य ओमकला गौतमलाई पुत्रशोक परेको छ । गौतमका छोरा नबीनको मंगलबार राती नवपुरमा आफ्नै स्कूटर दुर्घटनामा पर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नबिनले चलाउँदै आएको ना २५ प ८३९० नम्बरको स्कूटरलाई ठक्कर दिने सवारीको अहिले सम्म पहिचान भएको छैन । पारिवारीक स्रोतका अनुसार नबिन साँझ पाँच घरबाट स्कूटर चलाएर बाहिर गएका थिए ।

प्रहरी स्रोतका अनुसार प्रगती नगरमा राती १०ः ३० बजे उनी चढेको स्कुटर दुर्घटनामा परेको थियो । दुर्घटना पछि नबिनलाई चीतवन स्थित भरतपुर अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेका थिए ।
उनलाइ ठक्कर दिने सवारीको खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.