www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको सम्बृद्धि सम्भव छ : मुख्यमन्त्री सुब्बा

पोखरा,
ताण्डव न्यूज ।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘सफल एक्स्पो साथै तेस्रो मोवाइल मेला–०७५’ को आज (बिहीबार) बाट सुरु भएको छ ।‘लगानीको सम्वद्धर्न :उद्योग व्यवसायको प्रर्वद्धन’ भन्ने नाराको साथ सुरु भएको मेला मंसिर २४ गतेसम्म चल्नेछ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एंव लक्ष्मी समूहको मुख्य प्रायोजन साथै नेपाल पर्यटन बोर्ड सहित आइएई ग्रुपको प्रबद्र्वनमा मेलाको आयोजना हुन लागेको हो । मेलाको शुभारम्भमा गैहपाटन देखि प्रदर्शनी केन्द्र नयाँबजार सम्म विभिन्न आमा समूहको र्याली निकालिएको थियो ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । सुब्बाले अमेरिकाको सम्बृद्धिको उदाहरण दिदैँ गण्डकी प्रदेशलाई पनि सम्वृद्धि बनाउन सकिने धारणा राखे ।
गण्डकी प्रदेशमा जम्मा १४ प्रतिशत मात्र जनता गरिबीको रेखा मुनि रहेको उल्लेख गर्दै सुब्बाले भने, ‘हाम्रो प्रदेशमा आर्थिक सम्वृद्धि सम्भव छ ।’

गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरु खनिज, कृषि, शिक्षा, खेलकुद, स्वास्थ्य र प्राकृतिक स्रोत धनी रहेको र अभ्यासरत हिसाबले प्रदेश अन्य प्रदेशको तुलनामा अगाडि रहेको सुब्बाले प्रस्टाए । ‘संघीय प्रणालीलाई सफल बनाउन सके स्थानीय, प्रदेश र देशमा आर्थिक सम्वृद्धि हुन्छ,’ उनले भने ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले लगानी गर्नका लागि उत्साहको वातावरण नदेखिएको बताए । ‘गण्डकी प्रदेश सरकारले लगानी आकर्षण गर्ने क्रियाकलापलाई अगाडी बढाउनु पर्छ,’ उनले भने, ‘जबसम्म भष्ट्राचारलाई नियन्त्रण गर्न सक्दैनौ तब सम्म लगानीमा आकर्षण हुन सक्दैन ।’

मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडा पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादन, साथै नेपाल पर्यटन बोर्ड एंव पोखरा पर्यटन परिषदको सहकार्यमा होमस्टे प्रबर्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी पाइनेछ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उदेश्यले एक्सपोको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।

यस्तै विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामानहरु एक्स्पोका आकर्षण रहेको अधिकारीले बताए । एक्स्पोले परिचय पत्र भएका विद्यार्थीहरुलाई ४० रुपैयाँ र अन्य दर्शकहरुलाई ६० रुपैयाँ टिकटदरको व्यवस्था गरेको छ ।

एक्सपोको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, बम्बर पुरस्कार,उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.