www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा शिक्षा ऐन र नियमावली बन्दै

दमौली ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताएकी छन् ।

नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उनले भनिन् , “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको छ ।”

Batas

उपसभामुख शर्माले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विशेष अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिदैं यो प्रदेशमा शिक्षा ऐन र नियमावली बन्ने तयारीमा रहेको जानकारी दिइन्।

गण्डकी प्रदेशमा अठार कानून निर्माण भइसकेको र दुई कानून टेबल हुने तयारीमा रहेको पनि उनले जानकारी दिइन्।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले दुर्गम ठाउँमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई स्वेटर र टोपी वितरण गरिएको थियो ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.