www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा ४७ थान हतियार सङ्कलन

पोखरा ।

गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो ।

हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । अन्य पाँच जिल्लाबाट हतियार बुझाउन कोही नआएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

Batas

प्रदेशका पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपरासी (पूर्व)का जिल्ला प्रहरी कार्यालयमा हतियार कसैले नबुझाएको देखिएको छ । गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिनभित्र त्यस्ता हतियार बुझाउन सूचना जारी गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.