www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सरकारले थाल्याे तिब्बत जाेड्ने नयाँ सडककाे सर्भे, यसै वर्ष नाकामा गाडी चलाउने तयारी !

 

पाेखरा /ताण्डव न्यूज । 

 तिब्बती सिमाना रुइला भन्ज्याङबाट गोरखा सदरमुकाम सम्म जोड्ने सडकको सर्भे सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सडकको गत बुधबार देखि सर्भे सुरु गरिएको हो ।
सोही सडकको बेनीघाट लार्के सडक खण्डको तल्लो भाग भने संघीय सरकारले नेपाली सेना मार्फत निर्माणको काम अघि बढाइरहेको छ । नेपाली सेनाले निर्माण दलको क्याम्प नै खडा गरेर धमाधम सडक निर्माणको काम गरिरहेको छ । नेपाली सेनाले तलबाट खन्दै लगेको सडकमा माथिबाट जोड्ने गरी गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरी काम अघि बढाएको हो ।

Batas

‘यसै वर्ष नाकाबाट सवारी चलाउने लक्ष्य छ,’ गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘सोही बेनीघाट लार्के सडक खण्डको माथिल्लो क्षेत्र लार्के हुँदै तिब्बती सिमाना सम्म सर्भे गरी प्रदेश सरकारको खर्चमा सडक निर्माण गर्न लागिएको हो । तल र माथी दुबै तर्फबाट सडक निर्माणको काम अघि बढाएर छिटो काम सम्पन्न गर्ने उदेश्यले काम अघि बढाइएको हो ।’

अहिले दुई जना प्राविधिक, चुमनुब्री गाउँपालिका १ सामागाउँका वडा अध्यक्ष बीरबहादुर गुरुङ, वडा सदस्यहरु मिङ्मागर लामा, निमादोर्जे लामा, समाजसेवी लाक्पाडुण्डुप लामा सर्भेको काममा सहभागि भएका छन् । सडक सर्भे सुरु गर्दा तिब्बती अधिकारीहरु रुइला नाका आएका थिए ।

तिब्बतको जुंगाबाट गोरखाको सिमाना रहेको रुइला नाका सम्म तिब्बत सरकारले भने यस अघि नै सडक निर्माण गरिसकेको छ । रुइला नाकाबाट सामागाउँ सम्मको १६ किलो मिटर सडक यसै वर्ष निर्माण गरिसक्ने प्रदेश सरकारको लक्ष्य छ ।

त्यसका लागि प्रदेश सरकारले यस वर्ष चार करोड रुपैँया विनियोजन गरेको मन्त्री बस्नेतले जानकारी दिए । प्राविधिक टोलीले अहिले सम्म १२ किलो मिटर सडक सर्भे गरिसकेको बताएको छ । प्राविधिक टोलीले पहिलो चरणमा ३० किलो मिटर सडक खण्ड सर्भे गरिसक्ने काम पनि अघि बढाउने बताएको छ । बाँकी खण्डमा सर्भे र निर्माणको कामसँगै अघि बढाउने तयारी छ ।

सोही सडकको तल्लो क्षेत्रमा नेपाली सेनाको निर्माण दलले हालसम्म १८ किलोमिटर सडक निर्माण गरिसकेको छ । सोही खण्डको तातोपानी सम्म ट्रयाक खन्नेकाम गरिरहेको सेनाले जनाएको छ । त्यस्तै दोभान सम्म ट्रयाक खोल्न पहराहरु फुटाउनुपर्ने भएकोले नेपाली सेनाले अहिले विस्पोटक पदार्थहरु जडान लगायतको काम गरिरहेको छ ।

तस्बिर : मिङ्मार लामा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.