www.tandavnews.com
Fact ~ In search of truth

गर्मी छल्न पोखराको निम्तो दिन नाट्टा टोली हैदरावाद प्रस्थान

पोखरा ।

 

‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् ।

पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली ‘प्रमोशनल टुर तथा सेल्स मिसन २०१९’ का लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।

Batas

नाट्टाको टोलीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिदाइ गरे । गण्डकी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ नै पर्यटन भएकाले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको गुरुङको भनाइ थियो ।

उनले पर्यटन विकास र प्रर्वद्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पर्यटनलाई प्राथमिकता दिएको उल्लेख गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भारतको बैङ्लोर र हैदरावाद नेपाली पर्यटन बजारका लागि उपयुक्त गन्तव्य रहेको बताए । ४२ करोड जनसङ्ख्या रहेको उक्त स्थानमा गर्मी छल्न पोखरा जाऊ भन्ने सन्देश पुर्याउन सके पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे।

बिदाइ कार्यक्रममा नाट्टाका पूर्वअध्यक्ष केशवराज आचार्य र पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष केदार शर्मालगायतले पर्यटन विकासमा नाट्टाको भूमिका महत्वपूर्ण रहेको भन्दै यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने विश्वास व्यक्त गरे ।

नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले प्रर्वद्धनात्मक भ्रमणमा ‘बि टु बी’ कार्यक्रममार्फत पोखरा र आसपासको पर्यटन प्रर्वद्धन गरिने बताए । भारतको विभिन्न शहरमा नेपाल र पोखरा प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको उत्कृष्ट गन्तव्य रहेको सन्देश दिइने उनको भनाइ छ ।

सन् १९६६ मा पर्यटन प्रवद्र्धनात्मकको परिकल्पनाको साथ स्थापित नाट्टाले पर्यटन प्रर्वद्धनका साथ देश–विदेशमा सन् २००८ देखि औपचारिक रुपमा प्रर्वद्धनात्मक भ्रमण गर्दै आएको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

उक्त कार्यक्रममा भारतका दुई प्रमुख शहरमा २४० ट्राभल्स एजेन्टलाई निमन्त्रणा गरिएको उनको भनाइ छ ।टोलीमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धकसहित १६ जना सहभागिता छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त प्रर्वद्धनात्मक भ्रमण यही असार २५ गतेसम्म हुने संयोजक सिग्देलले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.