www.tandavnews.com
Fact ~ In search of truth

गाउँमा एम्बुलेन्स किन्न सांसद दवाडीको सहयोग

पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाको श्रीनाथकोटमा एम्बुलेन्स किन्ने अभियानमा सहयोग गरेका छन् । शनिबार सिरान्तचोक गाउँपालिका ७ स्थित उपल्लो गोहोरेको सिर्जनशिल ग्रामिण यूवा समाजलाई उनले ५५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।

सांसद दवाडीले यस अघि अजिकोट र बारपाक सुलिकोट गाउँपालिकामा पनि एम्बुलेन्स किन्ने अभियानमा सहयोग गरिसकेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद दवाडीले शनिबार नै खहरेमा झोलुंगे आमा समुहलाई ५० हजार रुपैयाँ सहयोेग गरे ।

त्यस्तै माथिल्लो गोहोरेको आमा समुहलाई ४० थान कुर्सी समेत सहयोग गरे । सांसद दवाडीले आफु सांसद भए बापत पाउने तलब गोरखा क्षेत्र नम्बर २ का विभिन्न क्षेत्रमा सामाजिक काममा सहयोग गर्दै आइरहेका छन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.