www.tandavnews.com
Fact ~ In search of truth

गायक बिनोद बानिया भन्छन्- ‘पार्वती’ रियालिटी गीत हो

पोखरा,
ताण्डव न्यूज

‘पार्वती’  कस्तो गीत हो ? गीतले के सन्देश दिन खाेजेकाे छ ?
यो सिम्पल गीत हो । सुन्ने बित्तिकै हरेकले बुझ्ने खालको सामान्य गीत हो । तर, सामान्य गीत भनिरहँदा यसको अर्थ एकल महिलाको लागि विशेष लक्षित गरिएर लेखिएको गीत हो । एकल महिला पनि भर्खर बिहे गरेर श्रीमान बितेपछि एकल भइरहेको हुन्छ ।

त्यो अवस्थामा उसको जीन्दगी त्यत्तिकै फाल्नु हुँदैन्, संसार ठूलो छ रमाउनुपर्छ भन्ने खालको सामाजिक सन्देश गीत हो । यो गीतको रचनाकार आदरणीय तीर्थ श्रेष्ठ दाईका अनुसार रियालिटी गीत हो । मैले पछि थाहा पाएँ, लम्जुङको भुजुङ जाने बेला दाइले एकल महिलालाई देखेर लेख्नुभएको रहेछ । यो सत्य घटनामा आधारित गीत नै हो ।

Batas

सामाजिक सन्देशमूलक गीत रोज्नुपर्ने कारण के छ ?
यसमा केही कारण छन् । एक हामीले स्टान्डर पनि मेन्टन गर्नुपर्छ । सुरुवातको समयमा हरेक प्रकारका गीत गाएको छुँ । यो भन्दा अगाडिको ‘बलेनीमा’ नाच्ने खालको गीत थियो ।

गीतसंगीतबाट समाज परिवर्तन हुन सक्छ कि सक्दैन ?
अवश्य हुन्छ । गीतसंगीत, सिनेमाले समाजकै कुरा बोलेका हुन्छन् । जहाँसम्म ‘पार्वती’ गीतको कुरा छ, समाज परिवर्तनको लागि प्रभावकारी भूमिका खेल्छ जस्तो लाग्छ । तर, यसमा सबैको सर्पोट चाहिन्छ । गीत मैले मात्र गाएर हुँदैन् यसलाई बुझ्दिने मान्छे पनि चाहियो ।

प्रसंग परिवर्तन गरौं, पछिल्लो समय पोखराको पप व्यान्डको सक्रियता कम हुँदै गइरहेका छन्, यसको कारण के हो जस्तो लाग्छ ?
लगानी नै हो । एउटा गायकले लगानी गर्नु भनेको आफ्नो समय र पैसा हो । फिडव्याक आउँछ नाम मात्र आएर भएन । बाच्नुपर्यो अन्य इनकम स्रोत हुँदैन । अन्तिममा कति दिनसम्म गीत गाएर पुग्छ अनि मान्छे विदेशीन बाध्य हुन्छ । अर्को कारण, ‘इख’को पनि समस्या छ । इख केहो भने व्याण्ड भन्ने बित्तिकै अन्य समूहको नाम त आउँछ नै तर त्यसमा पनि बढी हाइलाइट हुने ‘सिङगर’ नै हो । यो इखको कारण पनि समस्या हो ।

खेलकुद पनि गीत पनि गाउनुभएको छ । संख्यात्मक रुपमा कति पुर्याउनुभयो ?
लगभग आधा दर्जनभन्दा बढी भए । आहारारा गोल्डकपबाट सुरु भएको हो । त्यसपछि भलिबल, बास्केटबल गीतहरु गाएँ । गीत भनेको प्रमोसनल आधार हो । सकिन्छ भने हरेक खेलकुदको गीत हुन जुरुरी छ । त्यो भनेको आफ्नो परिचय हो ।

तपाइको केही सांगीतिक यात्राको बारेमा कुरा गरौ । गीत गाउनको लागि कहिले देखि सुरु गर्नुभयो ?
म सानैदेखि संगीतमा रुचि भएको मान्छे हो । कक्षामा बस्दा जहिल्यै पनि लास्ट डेस्कमा बस्थे । किन भन्दा लास्ट डेस्कमा बस्दा डेस्क बजाउन पाइन्थ्यो । अनि जुन राम्रो डेस्क बज्थ्यो म त्यही डेस्कमा बस्थे । र शुरुका दिनहरुमा मैले स्कुलमा मादल बजाउने पनि गर्थे । त्यो मादल पनि त्यत्तिकै बजाउन पाइन्थेन । म सरकारी स्कुलमा पढ्या मान्छे । त्यतिबेला म ६ कक्षामा पढ्थे होला ।

एकदिन ७ कक्षामा कार्यक्रम चलिरहेको थ्यो । म झ्यालमा बसेर हेरिरहेको थिएँ । त्यो कक्षामा मादल बजाउने कोही भेटिएन र म गएर मेडमलाइ मादल बजाउछु भने । त्यो दिनदेखि म त्यो स्कुलको मादलिष्ट भए । त्यसपछि मैले कक्षा १० पुगेर मात्र गीत गाएँ । कक्षा १० मा गाएपछि सबैले यसले गीत राम्रो गाउँछ भन्न थाले । एसएलसी दिएपछि मैले संगीत सिक्न शुरु गरेको हो ।

त्यतिबेला तपाई बढी कुन गायकका गीत सुन्नुहुन्थयो ?
त्यतिबेला नारायण गोपाल, भक्तराज आचार्यका गीतहरु सुन्थें तर बढी फिल्मी गीतहरुमा मेरो रुचि थियो । अर्को रमाइलो कुरो के भने, त्यतिबेला मैले खाना पकाउने गर्थे र घरमा स्टोभ थियो । त्यो स्टोभको जुन पिन हुन्थ्यो, त्यो पिनले मैले मसलाका डिब्बाहरु ड्रमका रुपमा बजाउने गर्थे ।

अहिले त मेलोडी क्याफेको सञ्चालक समेत हुनुहुन्छ । क्याफेले कलाकार उत्पादनमा कत्तिको भूमिका खेलेको छ ?
अरु रेष्टुरेन्टको बारेमा मलाई थाहा छैन् । तर मेलोडी क्याफे कलाकार उत्पादन गर्ने एकेडेमी जस्तै भएको छ । अझै पनि क्याफेबाट सिकेका भाई बहिनीहरु विभिन्न ठाउँमा व्यस्त छन् ।

मेलोडी क्याफे अवार्ड पनि निरन्तर दिनुभएको छ । अवार्ड गर्नुको उद्धेश्य के हो ?
म आफै पनि कलाकार । म दाबीका साथ भन्न सक्छु नेपालमा रेष्टुरेन्टबाट गरिएको पहिलो अवार्ड पनि हो । म पोखरा छोडिन् । संगीतमा पोखरामा बसेर टेवा गर्नुभनेको गीतमात्र गाउनु होइननी । रेष्टुरेन्टमा अलिकति धेरैथोरै नाफा भएको रकम संगीत क्षेत्रको लागि खर्चिएको हो । त्यसमा पनि पोखरामा बसेर संगीतको लागि योगदान गर्नुहुनेलाई अवार्ड दिन्छौं । पहिलो वर्ष तीर्थ तामाङ र दोस्रो वर्ष सुन्दर थापा दाईलाई दियौ । जुन दिनसम्म मेलोडी क्याफे रहन्छ त्यही दिनसम्म अवार्ड कार्यक्रम गर्ने प्रयास गर्नेछौं ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.