www.tandavnews.com
Fact ~ In search of truth

गायिका अनिताको ‘मोयाकै नाम प्यारो’ सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

गायिका अनिता पन्तको ‘मोयाकै नाम प्यारो’ बोलको लोकदोहोरीको भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गितको भिडियो हिजो बुधबार लोकापर्ण कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

Batas

गीतमा अनिता थापाले स्वर दिएकी छिन् । कार्यक्रममा नेपाल सँगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुली, गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारी, मगर चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तदर्थ समितिका सदस्य गायक कृष्ण सुवेदी, ताण्डव साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन गिरी, सर्जक रमेशबाबु र गायिका अनिता लगायतले बोलेका थिए । गीतको म्युजिक भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियोमा रमेशबाबु र सुप्रिया रानाको अभिनय रहेको छ । सँगीत संयोजन विश्वास नेपालको रहेको छ भने राजेश घिमिरेको छाँयाङकन तथा विष्णु शर्माको सम्पादन छ । गीत गायक सर्जक शिव हमालको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.