www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा चाडपर्व लक्षित सहुलियत दरमा चामल बिक्री

गोरखा ।

नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ ।

गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिए ।

Batas

संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री शुरु गरेको उनले बताए । “निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन÷चार दिन ढिलो गरि बिक्रि शुरु गरेका हौ”, उनले भने, “दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरु गरिएको हो ।”

उनले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए । “यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २१० क्वीन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ”, प्रमुख बस्नेतले भने, “निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ ।”

संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी दुई थरीको चामल बिक्री गर्दै आएको उनले बताए। “दुवै प्रकारको चामलमा पहिलोको तुलनामा प्रतिकिलो पाँच छुट दिएर बिक्री शुरु गरेका छौं”, प्रमुख बस्नेतले भने, “प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो ३९ र प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुँदै आएको जिरा मसिने चामल अहिले प्रतिकिलो ५५ मा बिक्री गरेका छौं ।”

संस्थानले बिक्री गरेको चामल बजारको मूल्यको तुलनामा सस्तो रहेको उनको भनाइ छ । संस्थानले सबै उपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने जनाएको छ ।

“उपभोक्ताको मागअनुसार नै चामल उपलब्ध गराउने संस्थानको योजना छ”, उनले भने, “माग बढी नै भयो भने फेरि केन्द्रलाई आग्रह गरे थप कोटा स्वीकृितका लागि पत्र पठाउँछौँ ।” बजारको मूल्यभन्दा सस्तो दरमा संस्थानले चामल उपलब्ध गराएपछि बिक्री राम्रो हुन थालेको प्रमुख बस्नेतको भनाइ छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.