www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

गोरखा ।

गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ ।

भूकम्पले क्षति पुर्याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

“ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको रहेछ”, उनले भने, “मार्बल गह्रौ हुने भएकाले तत्काल नै बढी असर परेर ज्यान गएको हो ।” गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पु्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.