www.tandavnews.com
Fact ~ In search of truth

गोरखा नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण

गोरखा ।

‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।

नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही चार हजार २८८ रहेकामा एक हजार १५५ को मात्रै निजी आवास पुनःनिर्माण सकिएको नगरपालिकाले जनाएको छ ।

Batas

नगरपालिकाका वरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीले नगर क्षेत्रमा नक्शा पास गराउन सजिलो नभएका कारण पुनःनिर्माणको गति सुस्त भएको बताए । नगरपालिकाको मापदण्ड विपरीत बनेका घर, सडकको मापदण्ड विपरीत र सानो क्षेत्रफलमा बनेका घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारण निजी आवास निर्माणले गति लिन नसकेको इञ्जिनीयर गिरीले बताए ।

नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही एक हजार ४०५ र दोस्रो किस्ता लिने लाभग्राही एक हजार ४७७ छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.