www.tandavnews.com
Fact ~ In search of truth

गोरु चोरेर काट्ने तीन जना पक्राउ

गोरखा / ताण्डव न्यूज ।

गोरखामा गोरु चोरेर काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पालुंटार नगरपालिका ९ स्थित भूतिया सिमलका धननारायण श्रेष्ठको गोरु गत १२ गते चोरेर काटेको आरोपमा बिहीबार पक्राउ गरिएको हो ।धनबहादुरको गोरु चोर्ने पानपा १ का ४५ वर्षका मनबहादर तामाङ रहेको ठाँटीपोखरी प्रहरी चौकीले बताएको छ ।

Batas

पक्राउ पर्नेहरुमा मनबहादुर तामाङ, पानपा १ कै सीता तामाङ, र पानपा ९ का अर्का मनबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरु तीनै जनालाई गौवध अन्तरगत मुद्धा दर्ता भइ अनुसन्धान प्रक्रिया अघि बढ्ने डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

गोरु काटेको सूचना पाएको प्रहरीले उनै तामाङको घरबाट गोरु काट्न प्रयोग गरेको गोरु काट्न प्रयोग भएको बन्चरो, रगत लागेको त्रिपाल ५१ किलो गोरुको मासुको सुकुटी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.