www.tandavnews.com
Fact ~ In search of truth

ग्रीन डेभलपमेन्ट बैंकका चार शाखा एकसाथ विस्तार

पोखरा ।

ग्रीन डेभलपमेन्ट बैंङ्ग लिमिटेडले यही मंसिर २८ गते शुक्रबार एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।

बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रियस्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

नयाँ खोलेका शाखाहरु सहित बैंकको शाखा संख्या ८ पुगेको छ भने थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

यस बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ ।

बैंङ्गको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत यो सुविधा विस्तार गर्दै लग्ने योजना रहेको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.