www.tandavnews.com
Fact ~ In search of truth

ग्रैहापाटनमा थिएटर सगैँ कला क्याफे सञ्चालनमा

पोखरा ।

पोखरामा गन्धर्व नाटक घर सञ्चालनमा आएपछि दर्शकको आउँजाउँ बढ्न थाल्यो । १९ महिनाको अवधिमा नाटकघरमा हालसम्म २० वटा नाटक मञ्चन भए । यहाँ बेला–बेलामा अन्य विभिन्न साहित्यक तथा साँस्कृतिक कार्यक्रम समेत यहाँ भइरहेका छन् ।

गत शनिबारबाट गन्धर्व संस्कृतीको जर्गेनाको लागि गन्धर्व गीत कार्यक्रम गर्न थालिएको छ । जुन अब हरेक महिना यहाँ आयोजना हुन्छ । त्यसैले पनि साहित्य तथा कला क्षेत्रमा रुचि हुनेहरुको जमघट हुने थलो यो बन्दै गएको छ ।

Batas

पोखरा थिएटर सँगै कला क्याफे समेत सञ्चालनमा आएको छ । क्याफे सञ्चालनमा आएपछि यतिबेला चहलपहल झनै बढ्न थालेको छ । शान्त वातावरणमा रहेको यो क्याफेमा बसेर साथीहरुसँग गप्फिने मात्र हैन एकान्तमा बस्दै साहित्यक रचना गर्ने माहोल समेत जुर्नेछ ।

क्याफेमा पुगेर मुखै रसाउने विभिन्न परिकारको स्वाद चाख्दै साहित्यक सिर्जना गर्ने अवसर मिल्नेछ । शान्त वातावरणमा रहेको यस क्याफेमा कफि, चिया, मम, चाउमिन, पास्ता, आलु ससेज, लस्सी, थुक्पा, परौठा, सुख्खा रोटी तथा नेपाली खाना खान पाइनेछ । क्याफेलाई नाट्य क्षेत्रमा अगाडी बढ्दै गरेका कलाकारलेनै सञ्चालनमा ल्याएका हुन् ।

धुव्र पौडेल, रमेश तिमल्सीना, सम्झना सिपार्ली, सरद भण्डारी मिलेर १३ लाखको लगानी क्याफेमा छ । उनीहरु चारैजना नाट्य क्षेत्रमा अगाडी बढ्दै गरेका कलाकार हुन् । यहाँ पुग्ने ग्राहकको सन्तुष्टिको निम्ति उनीहरु आफै खटिन्छन् ।

विहानबाट बेलुकी सम्म यहाँ सेवा उपलब्ध हुन्छ । ‘नाट्य क्षेत्रमा पनि अगाडी बढ्ने र फुर्सदको समयमा केहि गरौ भन्ने सोचले क्याफे सञ्चालनमा ल्याएका हौ’ सञ्चालक मध्यका एक रमेश तिमल्सीनाले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.